शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढी उडेको श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि गन्तव्यमा नपुगी फर्कियो

धनगढी उडेको श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि गन्तव्यमा नपुगी फर्कियो

त्रिभुवन विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा पुग्न नसकी फर्किएको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– त्रिभुवन विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा पुग्न नसकी फर्किएको छ। जहाजको इन्जिन फेल भएपछि चालकले बीच बाटोबाटै फर्काएर त्रिभुवन विमानस्थलमै अवतरण गराएका हुन्। 

National life

विमानस्थल कार्यालयका अनुसार जहाज १२ः७ मा सुरक्षित अवतरण भएको छ। जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो।

जहाज सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले बताए।

श्री एयरलाइन्सले पनि जहाजको एउटा इन्जिन फेल भएका कारण आकस्मिक अवतरण गर्नुपरेको पुष्टि गरेको छ।


प्रकाशित: May 11, 2022| 12:41 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।