शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मतदानका दिन 'असानी'को आंशिक प्रभाव, कहाँ-कहाँ पर्छ पानी?

मतदानका दिन 'असानी'को आंशिक प्रभाव, कहाँ-कहाँ पर्छ पानी?

मतदानका दिन प्रदेश १, मधेश र बागमतीमा सामान्य बदली हुने जानकारी दिएको छ। बाँकी प्रदेशमा भने आंशिक र सामान्य बदली हुने सम्भावनमा छन्। प्रदेश १ बागमती र गण्डकीसहितका केही स्थानमा मात्र हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- वैशाख ३० गते बिहान ७  बजे सुरु हुने मतदानका दिन देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले निर्वाचन विशेष पूर्वानुमान सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो। 

National life

मतदानका दिन प्रदेश १, मधेश र बागमतीमा सामान्य बदली हुने जानकारी दिएको छ। बाँकी प्रदेशमा भने आंशिक र सामान्य बदली हुने सम्भावनमा छन्। प्रदेश १ बागमती र गण्डकीसहितका केही स्थानमा मात्र हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। 

वैशाख ३० गते राति पनि प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। 

बंगालको खाडीमा वैशाख २५ गते नै 'असानी' विकसित भएकाले मतदानका दिन वर्षा हुन सक्ने अनुमान यसअघि गरिएको थियो। तर असानी भारतको आन्ध्र प्रदेश तटीय क्षेत्र आसपास नै रहेकाले नेपालमा कम प्रभाव पर्ने अनुमान महाशाखाको छ। 

प्रकाशित: May 11, 2022| 18:47 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।