शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले कार्यकर्ताद्वारा दलित पत्रकार संघ अध्यक्ष पहाडीमाथि आक्रमण

एमाले कार्यकर्ताद्वारा दलित पत्रकार संघ अध्यक्ष पहाडीमाथि आक्रमण

प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले पहाडीमाथी आक्रमणको प्रयास भएको बताए। आक्रमणको प्रयास गर्नेहरुको खोजी कार्य भइरहेको उनले बताए। संविधानसभा सदस्य समेत रहेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत हुन्।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९
National life
Shivam cement

बुटवल- राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीमाथि एमाले कार्यकर्ताद्धारा आक्रमणको प्रयास गरेका छन्। रुपन्देहीको सैनामैना ९ जनज्योतिटोलमा बुधबार साँझ पौन ८ बजेको समयमा आफ्नै भजित भेटन गएका पहाडी माथी एमाले कार्यकर्ताद्वारा आक्रमणको प्रयास इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पारिवारिक भेटघाटमा गएको बेला नियोजित रुपमा २ सय जना एमाले कार्यकर्ताले घेराबन्दी गरेर कुटपिटमा उत्रेको पहाडीले बताए। ‘भतिजलाई भेट्न आएको हुँ, भतिज घर नजिकैको आफन्ती मुकुन्द दूतराजको घरमा बसिरहेको बेला १०/१२ वटा गाडीमा एमालेका युवा कार्यकर्ता ओर्लेर आक्रमण गर्न थाले,’ पहाडीले भने, ‘तुरुन्तै प्रहरी र स्थानीयले जोगाउदा बाँच्न सफल भइयो,’ उनले भने। उनले आक्रमणको शैलीमा आएका एमाले कार्यकर्ताको आक्रमणबाट बल्ल बल्ल बाँचेको बताए। ‘प्रहरीले उद्धार गरेर सुरक्षित छु’ उनले भने, ‘विनाकारण आक्रमण गर्नेलाई कारबाहीको माग गर्छु।’

प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले पहाडीमाथी आक्रमणको प्रयास भएको बताए। आक्रमणको प्रयास गर्नेहरुको खोजी कार्य भइरहेको उनले बताए। संविधानसभा सदस्य समेत रहेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत हुन्। 

प्रकाशित: May 11, 2022| 22:10 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।