सोमबार, साउन २५, २०८३

पसलबाट सुन चोरेको आरोपमा तीन भारतीय नागरिक पक्राउ

बुटवल ६ बि.पी. चोकस्थित दिल बहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोड बढीको सुन र गहना चोरी भएको थियो।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

बुटवल- बुटवलको सुनचाँदी पसलबाट चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। बुटवल अमरपथमा गत वैसाख १३ गते राति एक सुनचाँदी पसल चोरीको आरोपमा पक्राउ पर्नेमा भारत जौहरी मोहल्ला चौँक लखनउ चौक उत्तर प्रदेश बस्ने वर्ष ३६ को मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने वर्ष २५ को मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक -२ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने वर्ष २२ को मोहम्मद सारीक पक्राउ परेका हुन्। 

ईलाका प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलिले खोजतलासको क्रममा बैसाख २६ गते साँझ लुम्बिनी साँस्कृतिक न.पा. वडा नं.-४ महुवारी स्थित खुनगाई कालीदह सडक खण्डमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट युपि३२एलडब्लु ३१५१ वागोनर गाडी चेकजाँच गर्दा उक्त गाडीमा सवार उनीहरु पक्राउ परेका हुन्। 

बुटवल ६ बि.पी. चोकस्थित दिल बहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोड बढीको सुन र गहना चोरी भएको थियो। 

उनीहरुको साथबाट १०/१० ग्रामको सुनको बिस्कुट थान-२, २० ग्रामको सुनको बिस्कुट थान-१, सुनको गरगहना डल्लो बनाएको सुनको ढिक्का थान-१, सुनको पैसाको सिक्का आकारको गोलो थान-१, मोबाईल थान-३, नगद भा.रु. १०० को नोट ६० वटा, आधार कार्ड, एटीएम कार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए। उनीहरुलाई प्रहरी हिरासतमा राखी निजहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भई रहेको रेग्मीले बताए।


प्रकाशित: May 10, 2022| 22:13 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।