कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट जोगिन ‘कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले आगामी अप्रिल ३० सम्म भीडभाड हुने सबै ठाउँ बन्द गर्ने निर्णय गरेको छ।
टिपरको ठक्करबाट आमाछोरीको निधन भएपछि अशान्त बनेको काभ्रेको पनौतीमा मंगलबार बिहानदेखि लगाइएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यु हटाएको जानकारी दिएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषयमा छलफल भएको छ।