बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कौशलटारमा स्कुटरलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

कौशलटारमा स्कुटरलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

मध्यपुर थिमि नगरपालिका–३ कौशलटार ६ लेन सडकमा स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

मध्यपुर थिमि नगरपालिका–३ कौशलटार ६ लेन सडकमा स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००९ प ०३५९ नंको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ नंको अर्को मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक पनौती नगरपालिका–१२ रोशी बस्ने २२ वर्षीया सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक श्रेष्ठ घाइते भई नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। प्रहरीले स्कुटर चालक मध्यपुर थिमि नगरपालिका–८ बोडे बस्ने १८ वर्षीया इशा ढेकेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

रासस

प्रकाशित: Mar 17, 2020| 16:27 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।