आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकाको ५० वटै राज्यमा कोरोना फैलियो, ११५ को मृत्यु

अमेरिकाको ५० वटै राज्यमा कोरोना फैलियो, ११५ को मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको छ ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको छ ।

मंगलबार भर्जिनिया राज्यले पनि कोरोनाको संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसबाट प्रभावित भएका हुन् ।

राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक्रमणको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

एक महिनाअघि मात्रै अमेरिकामा कोरोना फैलिएको थियो । एक महिनाको बीचमा सबै राज्यमा कोरोना फैलिएको छ भने अहिलेसम्म अमेरिकामा कोरोनाबाट ६ हजार ४९९ संक्रमित भएका छन् । हालसम्म कोरोनबाट अमेरिकामा ११५ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोनाबाट १ लाख ९८ हजार ७१६ जना संक्रमित भएका छन् भने ७ हजार ९८९ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Mar 18, 2020| 02:11 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।