बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार गर्ने पक्राउ

किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार गर्ने पक्राउ

ट्रकभित्र १७ वर्षीया एक किरोशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले काठमाडौंको थानकोटबाट ३ युवकलाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- ट्रकभित्र १७ वर्षीया एक किरोशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले काठमाडौंको थानकोटबाट ३ युवकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत थानकोटको टोलीले दाङको राप्ती गाउँपालिकाका–२४ वर्षीय संजय मगर, रामेछापका १९ वर्षीय कपिल खड्का र सिन्धुली सुनकोशी गाउँपालिकाका १८ वर्षीय पासाङ तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका तीनैजना ट्रकका सहचालक हुन्। उनीहरुले मंगलवार राति काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ तीनथानमा रोकिराखेको ना३ख ६९४ नम्वरको ट्रकभित्र १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेकाे महानगरीय प्रहरी वृत थानकोटका प्रमुख डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।

काठमाडौंबाट धादिङ घर जान लागेकी किशोरीलाई थानकोटबाट ट्रकमा लगिदिने प्रलोभन देखाएर रातिको समयमा ट्रकभित्र बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।

डिएसपी श्रेष्ठका अनुसार मध्यरातमा एक्लै हिँडिरहेको समयमा प्रहरीको गस्ति टोलीले किशोरीलाई देखेपछि सोधपुछ गर्दा उनी बलात्कारमा परेको खुलेको हो। पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्वन्धि कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 18, 2020| 07:26 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।