बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश–२ को स्थायी राजधानी जनकपुर बनाउने प्रस्ताव अस्वीकृत

प्रदेश–२ को स्थायी राजधानी जनकपुर बनाउने प्रस्ताव अस्वीकृत

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरलाई बनाउने प्रस्ताव अस्वीकृत भएको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

जनकपुरधाम– प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरलाई बनाउने प्रस्ताव अस्वीकृत भएको छ। प्रदेश सभामा अहिले भर्खरै भएको मतदानमा प्रस्तावको पक्षमा ५२ र विपक्षमा पनि ५२ नै मत परेको छ भने ३ म तबदर भएको छ।

१०७ सदस्य रहेको प्रदेश सभामा दुईतिहाइ बहुमतका लागि ७२ मत आवश्यक पर्छ।

प्रदेशको स्थायी राजधानी जनकपुरधाम (जनकपुर मिथिला माध्यमिक परिक्रमा, ढल्केबर पूर्व पश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजा) बनाउन सत्यनारायण मण्डल, रामसरोज यादव, परमेश्वर साह प्रस्तावक रहेको प्रस्ताव दर्ता भएको थियो। यो चार दलको संयुक्त प्रस्ताव हो।

यो प्रस्तावमा दुईतिहाइ नपुगेपछि प्रदेशको राजधानीको लागि दर्ता भएको वीरगञ्जको लागि निर्वाचन सुरु भएको छ।

आज नै नामकरणको लागि भएको निर्वाचनमा प्रस्तावित चारवटै नाममा दुईतिहाइ मत नआएपछि सबै प्रस्ताव अस्वीकृत भएका थिए। नामकरणको लागि जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, मध्य मधेश प्रदेश र मधेश प्रदेश प्रस्ताव दर्ता भएका थिए।

प्रकाशित: Mar 17, 2020| 16:53 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।