आइतबार, असोज २५, २०८३

महोत्तरीमा पाँचको मृत्युः प्रहरीलाई खबर छैन

महोत्तरी जिल्लाको मनरासिसवा नगरपालिकाको एउटै वस्तीमा शनिबार रातिदेखि सोमबारसम्म पाँच जनाको मृत्यु भएको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

जलेश्वर– महोत्तरी जिल्लाको मनरासिसवा नगरपालिकाको एउटै वस्तीमा शनिबार रातिदेखि सोमबारसम्म पाँच जनाको मृत्यु भएको छ।

वडा नम्बर १ का वडा अध्यक्ष शशिभुषण चौधरीका अनुसार ५५ वर्षका राघो मण्डल, ५० वर्षका ब्रह्मदेव मण्डल, ४५ वर्षका सुखचन्द्र मण्डल, ५० वर्षका विकास मण्डल र ५५ वर्षका गंगा सिंह राजपुतको मृत्यु भएको हो।

“उनीहरुमध्ये केहीको शनिबार राति र केहीको सोमबार राति मृत्यु भएको हो। हामीले बुझ्दा उनीहरुले अत्यधिक रक्सी खाएका कारण निधन भएको भन्ने बुझेका छौं,” चौधरीले भने।

स्थानीय बिनोद गामीले पनि मनरासिसवा– १ मा पाँच जनाको मृत्यु भएको पुष्टि गरे ।

उनले भने, “मृतकहरुलाई जनकपुरको जानकी अस्पतालमा लगिएको थियो, अस्पतालले कलेजोको समस्याका कारण मृत्यु भएको भनेको छ।”

तर, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख श्यामकृष्ण अधिकारीले मनरासिसवामा कसैको मृत्यु भएको जानकारी अहिलेसम्म नआएको बताए।

उनले भने, “हामीलाई कतैबाट त्यस्तो उजुरी आएको छैन। पाँच जना मरेको भन्ने हल्ला चाहिँ सुनिएको छ।”

हालै धनुषामा विषाक्त रक्सी खाएर १४ जनाको मृत्यु भएपछि मुख्यमन्त्री कार्यालयबाट प्रत्येकका परिवारलाई तीन लाख रुपैयाँ दिने घोषणा गरिएको थियो।

रकम प्राप्त गर्ने लोभले पनि रक्सी खाएर मृत्यु भएको हल्ला फैलाइएको हुनसक्ने एसपी अधिकारीको भनाई छ।

उनले प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रकाशित: Mar 18, 2020| 07:54 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।