आइतबार, असोज २५, २०८३

‘पेट्रोल छैन’ लेखेर ४ हजार लिटर लुकाएपछि...

पेट्रोल लुकाउने काठमाडौंको मैतिदेवी पेट्रोल पम्पलाई सरकारले २ लाख रुपैयाँ जरिवाना गरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– पेट्रोल लुकाउने काठमाडौंको मैतिदेवी पेट्रोल पम्पलाई सरकारले २ लाख रुपैयाँ जरिवाना गरेको छ। पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो ।

पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएकोमा निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको पाइएपछि जरिवाना गरेको विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले जानकारी दिए। पेट्रोल लुकाउने उक्त पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मंगलबार राति १० बजे नै जरिवाना गरेको पौडेलले बताए।

पेट्रोल पम्महरुमा सर्वसाधारणको लाइन देखेपछि आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा बुधबार अनुगमन गरेको मन्त्रीका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए।

यसैबीच आयल निगमले इन्धन लुकाउने पम्पलाई कडा कारबाही हुने चेतावनी दिएको छ । केही पम्प र उद्योगीहरुले कृत्रिम अभाव सिर्जना गराई उपभोक्तालाई भयभित बनाएको जनाउँदै निगमले विज्ञप्ति जारी गरी कडा कारबाही गर्ने चेतावनी दिएको हो।

साथै निगमले पम्पहरुलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको जनाएको छ।

प्रकाशित: Mar 18, 2020| 08:27 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।