बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मकवानपुर र धनुषाबाट १३ लाख भारतीय रूपैयाँसहित तीन पक्राउ

मकवानपुर र धनुषाबाट १३ लाख भारतीय रूपैयाँसहित तीन पक्राउ

मकवानपुर र धनुषाबाट प्रहरीले स्रोत नखुलेको करिव १३ लाख भारतीय रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– मकवानपुर र धनुषाबाट प्रहरीले स्रोत नखुलेको करिव १३ लाख भारतीय रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।

मकवानपुरमा ९ लाख ९९ हजार भारतीय रूपैयाँसहित दुई तथा धनुषामा तीन लाख भारतीय रूपैयाँसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

हेटौडा उपमहानगरपालिका–१५ बाट भारत, बैरातपुर जिल्ला पैरोसवका ३१ वर्षीय विजय चौधरी र भारत, नहेटीका ३८ वर्षीय शंकर सरकार पक्राउ परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले लमहीबाट वीरगंजतर्फ जाँदै गरेको डब्लुबी २३ ई २३३३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई भारतीय रूपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

धनुषा जनकपुर उपमहानगरपालिका–१२ एयरपोर्टबाट २ हजार दरको नोट १ सय ५० थान स्रोत नखुलेको ३ लाख भारतीय रूपैयाँसहित भारत, मुजफरपुरका २० वर्षीय शिवम कुमार पक्राउ परेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Mar 18, 2020| 07:03 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।