काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषयमा छलफल भएको छ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार मंगलबार भएको भेटघाटमा पार्टीका विवादित विषयमा छलफल भएको हो। सापकोटाले राष्ट्रियसभामा सिफारिसलगायत अन्य राजनीतिक विषयमाथि छलफल भएको जनाए।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि केही दिनअघि प्रचण्ड स्वास्थ्य अपस्थाबारे जानकारी लिन पुगेका थिए। त्यसपछि मंगलबारमात्रै औपचारिक राजनीतिक विषयमा छलफल भएको हो।
राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने विषयमा नेकपा सचिवालयले निर्णय गरिसकेको छ। तर, प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने र युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन्।