आइतबार, असोज २५, २०८३

पैसासँगै 'मास्क' दिँदै बाणिज्य बैंक

राष्ट्रिय बाणिज्य बैंक अत्तरिया शाखाले पैसासँगै मास्कसमेत वितरण गर्न थालेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

धनगढी - राष्ट्रिय बाणिज्य बैंक अत्तरिया शाखाले पैसासँगै मास्कसमेत वितरण गर्न थालेको छ। कोरोना संक्रमण रोकथामको लागि बैंकले रकम भुक्तानी लिन आउने सेवाग्राहीलाई नि:शुल्क मास्क वितरण गर्न थालेको हो। बैंकका शाखा प्रमुख जितजंग सिंहले सेवाग्राहीलाई कोरोना भाईरसको बारेमा सचेत गराउन मास्क वितरण थालिएको बताए।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत मास्क वितरण गरिरहेको सिंहले जानकारी दिए। उनले कार्यक्रम अन्तरगत एक हजार मास्क वितरण गरिने बताए।

‘कोरोना भाईरसबाट आफू पनि बचौं र अरुलाई पनि बच्न सहयोग गरौं' भन्ने अभियान अन्तरगत निःशुल्क सेवाग्राहीलाई मास्क वितरणसँगै सचेतनाका लागि बैंकले व्यानरसमेत टास गरेको छ।

यस्तै बैंकले मुल गेटमै हेल्थ डेस्क स्थापना गर्ने भएको छ। बैंकका शाखा प्रमुख सिंहले २/३ दिन भित्रमै बैंकको मुल गेटमै कोरोना रोगको पहिचान गर्न हेल्थ डेस्क स्थापना गरिने बताए। ‘कोरोनाको पहिचान गर्ने उपरकरणसहित एक जना कर्मचारी परिचालन गर्ने छौं।’, उनले भने ‘त्यसका लागि आवश्यक उपकरणको माग गरेका छौं, २/३ दिनमा आइपुग्छ।’

प्रकाशित: Mar 18, 2020| 10:12 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।