शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ‘भगवान् भराेसा’मा पशुपतिनाथ : न हात धुने साबुन, न मास्क अनिवार्य

‘भगवान् भराेसा’मा पशुपतिनाथ : न हात धुने साबुन, न मास्क अनिवार्य

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को असर धार्मिक स्थलमा समेत परेको छ। पशुपतिनाथ मन्दिरमा पुग्ने दर्शनार्थीको संख्यामा कमी आएको छ।
 |  मंगलबार, चैत ४, २०७६
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, चैत ४, २०७६

vianetvianet

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को असर धार्मिकस्थलमा समेत परेको छ। पशुपतिनाथ मन्दिरमा पुग्ने दर्शनार्थीको संख्यामा कमी आएको छ।

दैनिक ३० हजारभन्दा बढी भक्तजन पुग्ने पशुपतिनाथ परिसरमा अहिले निकै कम भक्तजन देखिन्छन्। कोरोनाको त्रासले गर्दा भारतीय भक्तजनको संख्यामा कमी आएको र नेपालीहरु पनि पहिलाभन्दा कम पुग्ने गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए। उनले भने, ‘सरकारले भीडभाडमा नजान भनेपछि भक्तजनको संख्या घटेको छ।’

पशुपति परिसरमा खटिएका सुरक्षाकर्मी तथा अन्य कर्मचारीले पशुपतिमा आउने भक्तजनको संख्यामा निकै कमी आएको बताए। एक कर्मचारीले भने, ‘कोरोनाको हल्लापछि निकै कम मानिस आउन थालेका छन्। पर्यटक पनि फाट्टफुट्ट मात्रै आउँछन्।’

कार्यकारी निर्देशक खतिवडाका अनुसार पशुपति परिसरमा संक्रमण नहोस् भन्नका लागि निरन्तर सफाइ गरिएको छ। साथै मन्दिर प्रवेशद्वारमा हात धुनको लागि पानीको व्यवस्था गरिएको छ। भीडभाड हुन नदिन सुरक्षाकर्मी खटाइएको खतिवडाले बताए।

प्रवेशद्वारमा हात धुने पानीको व्यवस्था गरिए पनि साबुनको व्यवस्था भने छैन। अन्य केही सुरक्षाका उपाय अपनाइएको छैन। मन्दिर प्रवेश गर्ने कसैको पनि तापक्रम नाप्ने गरिएको छैन। आर्यघाटमा हुने भीडभाड पनि उस्तै देखिन्छ।

Metro Mart

कार्यकारी निर्देशक खतिवडा भने पशुपति क्षेत्रमा सतर्कता अपनाइएको दाबी गर्छन्। ‘सुरक्षा सतर्कता अपनाइएको छ। भक्तजन आफैं पनि सतर्क हुन थालेका छन्। मलामी पनि मास्क लगाएर आउँछन्। मास्क लगाएर आउनू भनेर हामी सूचना पनि निकाल्दैछौं।’

(भिडियो-गिरीप्रसाद भुसाल/नेपाल समय)

 

प्रकाशित: Mar 17, 2020| 12:32 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।