आइतबार, असोज २५, २०८३

पनौतीको कर्फ्यु हट्यो

टिपरको ठक्करबाट आमाछोरीको निधन भएपछि अशान्त बनेको काभ्रेको पनौतीमा मंगलबार बिहानदेखि लगाइएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यु हटाएको जानकारी दिएको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं - टिपरको ठक्करबाट आमाछोरीको निधन भएपछि अशान्त बनेको काभ्रेको पनौतीमा मंगलबार बिहानदेखि लगाइएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यु हटाएको जानकारी दिएको छ।

सोमबार साँझ पनौतीमा ट्रिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछिको तनावपूर्ण अवस्थालाई नियन्त्रण लिन कर्फ्यु जारी गरिएको थियो। काभ्रेको पनौती बसपार्क आसपासमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो।

आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरीका साथै चार जना स्थानीयसमेत घाइते भएपछि प्रशासनले कर्फ्यु लगाएको थियो।

पनौती नगरपालिका-५ पनौती मानेश्वरी बसपार्कमा पैदलयात्री २६ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङलाई सोमबार साँझ बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिएको थियो।

प्रकाशित: Mar 17, 2020| 15:26 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।