बिहीबार, भदौ ४, २०८३

कोरोनाबाट एकै दिनमा १६ हजार संक्रमित, ८२३ को मृत्यु

वर्डओमिटरका अनुसार बुधबार बिहानसम्ममा १६५ देशमा कोरोना भाइरस फैलिएको छ भने १ लाख ९८ हजार ४१२ जनामा संक्रमण देखिएको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बितेको २४ घण्टामा करिब १६ हजार ब्यक्ति संक्रमित भएका छन् ।

वर्डओमिटरका अनुसार बुधबार बिहानसम्ममा १६५ देशमा कोरोना भाइरस फैलिएको छ भने १ लाख ९८ हजार ४१२ जनामा संक्रमण देखिएको छ। कोरोनाबाट अहिलेसम्म ७ हजार ९८४ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा मात्रै १५ हजार ९२२ व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् भने ८२३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाने र नयाँ संक्रमित थपिनेमा सबैभन्दा अगाडी युरोप देखिएको छ ।

युरोपका सात देश इटाली, स्पेन, फ्रान्स, जर्मनी, बेलायत, स्विजरल्याण्ड र नेदरल्याण्डमा मात्रै बितेको २४ घण्टामा ६१५ जनाको मृत्यु भएको छ भने यी देशमा मंगलबार मात्रै ९ हजार ६९० जना नयाँ संक्रमित थपिएका छन् ।

इटालीमा बितेको २४ घण्टामा ३ हजार ५२६ नयाँ संक्रमित थपिदा ३४५ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म ३१ हजार ५०६ जना संक्रमित भएका छन् भने २ हजार ५०३ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा मंगलबार मात्रै १ हजार ८८४ जना नयाँ संक्रमित थपिदा १९१ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म ११ हजार ८२६ जना संक्रमित भएका छन् भने ५३३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा बितेको २४ घण्टामा २ हजार ९५ नयाँ संक्रमित थपिदा ९ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट ९ हजार ३६७ जना संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ९७ जना संक्रमित भएका छन् भने २७ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म ७ हजार ७३० जना संक्रमित भएका छन् भने १७५ जनाको मृत्यु भएको छ ।

स्विजरल्याण्डमा मंगलबार मात्रै ३८९ नयाँ संक्रमित थपिए भने २७ जनाको मृत्यु भएको छ । यस्तै बेलायतमा बितेको २४ घण्टामा ४०७ जना नयाँ संक्रमित फेला परेका छन् भने ७१ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्डमा मंगलबार मात्रै २९२ जना नयाँ संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

युरोपका यी देशबाहेक अमेरिका र इरानमा पनि तिब्र गतिमा कोरोना फैलिएको छ ।

अमेरिकामा बितेको २४ घण्टामा १ हजार ८३६ जना नयाँ संक्रमित फेला परेका छन् भने २६ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म ६ हजार ४९९ जना संक्रमित भएका छन् भने ११२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

यस्तै इरानमा मंगलबार मात्रै १ हजार १७८ जना नयाँ संक्रमित फेला परेका छन् भने १३५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यहाँ अहिलेसम्म १६ हजार १६९ जना संक्रमित भएका छन् भने ९८८ जनो ज्यान गुमाएका छन् ।

कोरोना उत्पती भएको देश चीनमा भने यसको नयाँ संक्रमण दर र मृत्युदर घटेको छ ।

बितेको २४ घण्टामा चीनमा १३ जना नयाँ संक्रमित फेला परेका छन् भने ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म चीनमा ८० हजार ८९४ जना संक्रमित भएका छन् भने ३ हजार २३७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित: Mar 18, 2020| 03:52 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।