सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ। टेकुस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सिन्धुपाल्चोककी महिलाको मृत्यु कोरोना भाइरसबाटै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। धुलिखेल अस्पतालमा बिहीबार एक जना सुत्केरीको मृत्यु भएको थियो ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको संक्रमण भए÷नभएको परीक्षण गर्न आज दिउँसो स्वाब संकलन गरिएको र उनीहरुलाई अस्पतालको क्वारेन्टाइनमा राखिएको छ।
कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा शनिबार तीन नयाँ संक्रमित थपिएका हुन्।
शनिबार दिउँसो कोरोना भाइरसको संक्रमण पुष्टि भएका महोत्तरी र काभ्रेका दुईजना नेपाली सेनाका सैनिक भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन्।
सप्तरीमा बोल्न नसक्ने १२ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशारामलाई प्रहरीले पक्राउ गरेको हो।
अहिलेसम्म एमाले र माओवादीबीच एकीकरण सम्पन्न हुन सकेको छैन। झन् पार्टीभित्र दुई पार्टीको अस्तित्व बलियो भएर गएको छ भने कुनै बेला पनि विभाजन हुन सक्ने संकेत आइरहेका छन्।
काभ्रेमा एक जना र महोत्तरीमा एक जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भर्खरै यो जानकारी दिएका छन्।