आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धुलिखेलमा निधन भएकी महिलाको गाउँमा सिल, सुरक्षाकर्मी परिचालन

धुलिखेलमा निधन भएकी महिलाको गाउँमा सिल, सुरक्षाकर्मी परिचालन

धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ बाह्रबिसे-९ मा सिल गरिएको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

सिन्धुपाल्चोक- धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ बाह्रबिसे-९ मा सिल गरिएको छ। ती महिलामा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमण रोक्न गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

समितिकाे केही बेरअघि सम्पन्न बैठकले ती महिलाको माइती गाउँ बलेफी गाउँपालिका ८ र ९ पनि सिल गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगाेपाल तामाङले बताए। उनका अनुसार सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिने निर्णय समितिले गरेको छ।

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई जिम्मा दिइएको छ। समिति बैठकले ती महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि क्वारेन्टिनमा राखी स्वाब संकलन गरिने निर्णय गरेकाे छ।

प्रकाशित: May 16, 2020| 18:46 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।