आइतबार, भदौ ७, २०८३

सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

रौतहट र तनहुँमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको ज्यान गएको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- रौतहट र तनहुँमा शनिबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको ज्यान गएको छ।

रौतहटको बौधीमाई नगरपालिका–५ स्थित सडकमा बीआर ०५ पीओ ७२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २३ वर्षीया अनिता यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा ट्याक्टरबाट लडेर स्थानीय १८ वर्षीय नवीन परियारको मृत्यु भएको छ।

भन्सारबाट पुर्कोटतर्फ जाँदै गरेको ग.१ त ५५०२ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: May 16, 2020| 17:26 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।