आइतबार, भदौ ७, २०८३

सुत्केरीको शंकास्पद मृत्युपछि पति र ससुरा पक्राउ

जाजरकोटमा एक सुत्केरीको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका पति र ससुरालाई पक्राउ गरेको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

जाजरकोट - जाजरकोटमा एक सुत्केरीको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका पति र ससुरालाई पक्राउ गरेको छ।

जिल्लाको बारेकोट–६ ताँसीकी २२ वर्षीया जेनिसा नेपालीको शंकास्पद मृत्यु भएपछि प्रहरीले २४ वर्षीय पति अविनास र ६० वर्षीय ससुरा दलवीरलाई पक्राउ गरेको हो।

जेनिसाको गत वैशाख २७ गते शंकास्पद मृत्यु भएपछि मृतकका माइतीले हत्याको आरोप लगाउँदै पतिसहित परिवारका पाँच जनाको नाममा किटानी जाहेरी दिएका थिए।

उक्त जाहेरीका आधारका अनुसन्धानका लागि पति र ससुरालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए। परिवारका पाँचै जनाको नाममा जाहेरी दिए पनि सुरुमा पति र ससुराबाट अनुसन्धान गरिने श्रेष्ठले जानकारी दिए।

जाहेरीमा सासु रतनकली, आमाजु दिदी दुर्गा, नन्द विपनाको नाम छ। कुनै बिरामी नभएकी जेनिसाको पेट दुखेर एक्कासी मृत्यु भयो भनिए पनि शरीरमा निलडाम भएको, मुख र नाकबाट रगत बगेको, कन्चटमा निलो दागसमेत रहेकोले घरपरिवारले नै हत्या गरेको मृतकका दाइ प्रविण नेपालीले बताए।

माइती पक्षलाई कुर्दा तीन दिनसम्म शव घरमै रहेको थियो। पछि पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

बुधबार जाहेरी लिन नमानेको प्रहरीले शुक्रबार मात्र जाहेरी दर्ता गरेको थियो। कुशे गाउँपालिका–६ नारे माइती घर भएकी जेनिसाको अविनाससँग २०७२ मंसिरमा बिहे भएको थियो।

प्रकाशित: May 16, 2020| 17:06 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।