आइतबार, भदौ ७, २०८३

मृतक महिलाका आफन्तको स्वाब संकलन

धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको संक्रमण भए÷नभएको परीक्षण गर्न आज दिउँसो स्वाब संकलन गरिएको र उनीहरुलाई अस्पतालको क्वारेन्टाइनमा राखिएको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं - धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको संक्रमण भए÷नभएको परीक्षण गर्न आज दिउँसो स्वाब संकलन गरिएको र उनीहरुलाई अस्पतालको क्वारेन्टाइनमा राखिएको छ।

गत बिहीबार राति साढे ९ बजे उपचारार्थ धुलिखेल अस्पताल पुर्‍याइएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो। मृतकका परिवारका सदस्यले नै ती महिलाको श्वासप्रश्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस संक्रमणको शंका गरेर धुलिखेल अस्पताल पुर्‍याएका थिए।

अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले १० दिनकी ती सुत्केरी महिलाको मृत्यु भएपछि हिजो नै थप परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताए।

डा ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको र धुलिखेल अस्पतालमा शुक्रबार पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी दिए।

धुलिखेल अस्पतालका अनुसार बिहीबार राति साढे ९ बजे अस्पताल ल्याइपुर्‍याउँदा नै ती महिलाको अवस्था निकै गम्भीर थियो र ट्युब राखेर भेन्टिलेट गर्दा पनि सुधार आएको थिएन। महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब संकलन गरी उनीहरुलाई पनि अस्पतालको क्वारेन्टाइनमा राखिएको छ। मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि शुक्रबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको अस्पतालले जनाएको छ।

मृतकका महिला गत वैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २४ गते अस्पतालबाट घर पठाइएकी थिइन्। त्यसको केही दिनपछि स्वासप्रस्वासमा उनको समस्या देखिन थालेको थियो।

जिल्ला संकट व्यवस्थापन केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले मृतक महिलाको थप परीक्षणको रिपोर्ट आएपछि अस्पताललगायत जिल्लामा थप सतर्कता अपनाउनेबारे निर्णय गरिने जानकारी दिए।

प्रकाशित: May 16, 2020| 20:03 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।