शनिबार राति थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ। उनीहरु दुवै जना धनुषाका पुरुष हुन्।
योसहित कोरोना भाइरस संक्रमितको संख्या २८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच, सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएको पुष्टि भएको छ। उनको निधन बिहीबार धुलिखेल अस्पतालमा भएको थियो।
मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु भएको पहिलो घटना हो।