आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाेत्तरी र काभ्रेका दुई संक्रमित नेपाली सेनाका सैनिक

महाेत्तरी र काभ्रेका दुई संक्रमित नेपाली सेनाका सैनिक

शनिबार दिउँसो कोरोना भाइरसको संक्रमण पुष्टि भएका महोत्तरी र काभ्रेका दुईजना नेपाली सेनाका सैनिक भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- शनिबार दिउँसो कोरोना भाइरसको संक्रमण पुष्टि भएका महोत्तरी र काभ्रेका दुईजना नेपाली सेनाका सैनिक भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरू दुवैजनालाई संक्रमण पुष्टि भएको हो।

नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए ।

उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् । उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

उनीहरुको कुन पदमा कार्यरत छन्  भन्ने खुलाइएको छैन ।

संक्रमण पुष्टि भएका दुवैजनालाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोरोना अस्पतालमा ल्याउन लागिएको छ।

आज शनिबार बिहान स्वास्थ्य मन्त्रालयले थप ९ जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७८ पुगेको छ।

प्रकाशित: May 16, 2020| 18:45 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।