आइतबार, भदौ ७, २०८३

कोरोना संक्रमणको आशंकामा बर्दियाको लालपुर सिल

जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा उक्त टोल पूर्णरुपले बन्द गरिएको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

बर्दिया- जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा उक्त टोल पूर्णरुपले बन्द गरिएको छ।

उक्त टोलसँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको छ।

स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचनामा बर्दिया नार्खु– ११ की २८ वर्षीयामा कोभिड १९ पुष्टि भएको जनाइएको थियो।

बर्दियामा उक्त ठाउँ नै नभएका अवस्थामा संक्रमित भनिएको ब्यक्तिको खोजी गर्दा गुलरिया ११ लालपुर भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो।

लालपुर स्थायी घर भई काठमाडौंमा व्यवसाय गर्दै आएका व्यक्ति गत वैशाख २९ गते काठमाडौँ फर्किएको बुझिएकाले लालपुर पूर्णरुपले बन्द गरिएको हो।

लालपुर सदरमुकाम गुलरियाबाट ६ किलोमिटर पूर्व हुलाकी राजमार्गसँग जोडिएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको सूचनाका आधारमा कोरोना भाइरस संक्रमित लालपुरका हुन सक्ने आशंकामा बन्द गरिएका बारे अनुसन्धान अगाडि बढाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। रासस

प्रकाशित: May 16, 2020| 19:03 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।