आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुत्केरी महिलाको निधन कोरोना संक्रमणबाटै  : सामाजिक विकासमन्त्री दुलाल

सुत्केरी महिलाको निधन कोरोना संक्रमणबाटै  : सामाजिक विकासमन्त्री दुलाल

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा निधन भएकी महिलामा कोरोना भाइरस संक्रमण रहेको जनाएका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा निधन भएकी महिलामा कोरोना भाइरस संक्रमण रहेको जनाएका छन्।
उनले केही बेरअघि फेसबुकमा लेखेका छन्, 'धुलिखेल अस्पतालमा मृत्यु भएकी बाह्रबिसे नगरपालिका ९ राम्चेकी सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमित महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ। यो नतिजाप्रति दुःखित छु।'

उनले सुत्केरी महिलाको गाउँ लगायत सम्बन्धित ठाउँमा सिल गरिएको जनएका छन्। उनले भनेका छन्, 'सम्बन्धित ठाउँमा भोलि विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गरिनेछ।'  मन्त्री दुलालले सबैलाई धैर्य गर्न र सहयोगका लागि अनुरोध गरेका छन्।

उनले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित: May 16, 2020| 21:00 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।