आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्ना कोही कर्मचारीलाई कोरोना संक्रमण नभएको त्रिवि अस्पतालको दाबी

आफ्ना कोही कर्मचारीलाई कोरोना संक्रमण नभएको त्रिवि अस्पतालको दाबी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्ना कुनै पनि कर्मचारीलाई कोरोना पोजेटिभ नभएको स्पष्ट पारेको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आफ्ना कुनै पनि कर्मचारीलाई कोरोना पोजेटिभ नभएको स्पष्ट पारेको छ।

केही सञ्चारमाध्यमहरुमा अस्पतालका कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको भन्ने समाचार आएको भन्दै ती समाचारहरु प्रति आफ्नो ध्यानाकर्षण भएको अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाद्वारा शनिबार जारी विज्ञप्तिमा जेठ १ गते कोरोना संक्रमण पोजेटिभ देखिएकी एक ६ वर्षीया बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र अरु कुनै पनि कर्मचारीमा कोरोना पोजेटिभ नेदेखिएको उल्लेख गरिएको छ।

बालिका मार्फत् संक्रमणको सम्भावना भएकाहरुको व्यवस्थापन, आइसोलेसन र परीक्षण कार्य जारी रहेको पनि अस्पतालले जनाएको छ।

यसअघि दाङको तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले त्रिवि शिक्षण अस्पतालको कर्मचारीमा कोरोना देखिएको उल्लेख गरेका थिए।

कोरोना संक्रमित भएकामध्ये एकजना दाङ जिल्लाको भन्ने समाचारहरु आएपछि मेयर पाण्डेले दाङ जिल्लाको बासिन्दा भए पनि हाल त्रिवि शिक्षण अस्पतालमा कार्यरत व्यक्तिमा कोरोना पुष्टि भएको भन्दै स्थानीयवासीलाई आश्वस्त पार्न सामाजिक सञ्जालय उक्त कुरा उल्लेख गरेका थिए।

प्रकाशित: May 16, 2020| 16:17 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।