आइतबार, भदौ ७, २०८३

बालिका बलात्कार आरोपमा पक्राउ

सप्तरीमा बोल्न नसक्ने १२ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशारामलाई प्रहरीले पक्राउ गरेको हो।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं - सप्तरीमा बोल्न नसक्ने १२ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशारामलाई प्रहरीले पक्राउ गरेको हो।

गाईबस्तु चराउन जंगल गएकी बालिकालाई झाडीमा लगेर बलात्कार गरेको देखेपछि गाउँलेले आरोपित युवकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।

बालिकाको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार भैरहेको प्रहरीले जनाएको छ। बालिका जन्मजात बोल्न नसक्ने अपाङ्गता रहेको बुझिएको छ। बालिकाकी आमाले दिएको जाहेरीका आधारमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

प्रकाशित: May 16, 2020| 17:12 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।