आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लिपुलेकबारे भारतीय सेनाप्रमुख नरवानेको अभिव्यक्ति सच्चिनुपर्छ : श्रेष्ठ

लिपुलेकबारे भारतीय सेनाप्रमुख नरवानेको अभिव्यक्ति सच्चिनुपर्छ : श्रेष्ठ

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलेकका विषयमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेका छन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलेकका विषयमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेका छन्।

लिपुलेकका विषयमा भारतीय सेना प्रमुख मनोज नरवानेले दिएको अभिव्यक्ति नेपालको विरोधमा रहेको श्रेष्ठको भनाइ छ।

भारतीय सेना प्रमुख नरवानेले मानसरोवर जाने वास्तविक नियन्त्रित रेखा (एलएसी) लाई लिपुलेक हुँदै गएको उक्त सडक भारतकै रहेकोमा कुनै विरोधाभास नभएको अभिव्यक्ति दिएपछि पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले त्यसप्रति आपत्ति जनाएका हुन्।

प्रवक्ता श्रेष्ठले शनिबार समाजिक सञ्जालमा ट्वीट गर्दै भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रुपमा सडक बनाएको विषयमा नेपालको विरोधमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै त्यसलाई सच्चाउन आग्रह गरेका छन्।

प्रकाशित: May 16, 2020| 17:19 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।