'यो सरकार अकर्मण्य छ। प्रधानमन्त्रीको तथाकथित देशभक्तिको औचित्य छैन। उहाँले वचन दिएअनुसार प्रचण्डसँग हात मिलाएर जनसेना बनाई भारत र चीनसँग प्रतिस्पर्धा गर्न बेर छैन।'
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित क्वारेन्टिनमा एक युवकको मृत्यु भएपछि गाउँपालिकाको व्वस्थापन र प्रभावकारी तयारी नभएको भन्दै तनाव उत्पन्न भएको छ।
वागमती प्रदेश मातहतको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीमाथि भएको दुर्व्यवहारकाे घटनाप्रति सामाजिक विकास मन्त्रालयले खेद प्रकट गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । शिशुलाई जन्डिस देखिएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिए।