आइतबार, भदौ ७, २०८३

चन्द्रागिरिमा घरबाहिर निस्कन पूर्ण प्रतिबन्ध

चन्द्रागिरि नगरपालिकामा घरबाहिर निस्कन पूर्ण प्रतिबन्ध लगाइएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- चन्द्रागिरि नगरपालिकामा घरबाहिर निस्कन पूर्ण प्रतिबन्ध लगाइएको छ।

नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकालाई जेठ ७ गतेसम्म सिल गरिएको छ ।

नगरपालिका सिल गरेसँगै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पूर्ण प्रतिबन्ध गरिएको नगर प्रवक्ता हरिभक्त महर्जनले बताए।

चन्द्रागिरिमा सशस्त्र प्रहरी अस्पतालमा १२० क्षमताको आइसोलेसन वार्ड स्थापना गरी कोरोना सङ्क्रमितको उपचार गरिँदै आएको छ।

चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टिन निर्माणलाई प्राथमिकता दिएको छ ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना संक्रमित बढेसँगै क्वारेन्टिन थप गर्न लागेको हो।

नगरपालिकामा हाल ४० शय्याको क्वारेन्टिन तयारी अवस्थामा छ। चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ शय्या छ। -रासस

प्रकाशित: May 17, 2020| 15:45 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।