आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई जन्डिस, आइसोलेसनमा राखेर विशेष निगरानी गरिँदै

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई जन्डिस, आइसोलेसनमा राखेर विशेष निगरानी गरिँदै

कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । शिशुलाई जन्डिस देखिएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिए।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ। शिशुलाई जन्डिस देखिएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिएका छन्।

उनका अनुसार सामान्य अवस्थामा पनि बच्चालाई जन्डिस देखिन्छ। तर, शिशु महिना नपुग्दै जन्मिएको र आमा कोरोना संक्रमित भएर मृत्यु भएकाले विशेषा निगरानी गरिएको छ। बालरोग विषेशज्ञको निगरानीमा शिशुलाई राखिएको उनले जानकारी दिए।

शनिबार मृत्यु भएकी महिलाले गत वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा गर्भवती भएको सातौं महिनामा बच्चालाई जन्म दिएकी थिइन्। भोलिपल्ट अस्पतालले डिस्चार्ज गरेपछि एम्बुलेन्समार्फत उनलाई सिन्धुपाल्चोकको राम्चे पुर्याइएको थियो।

तर, जेठ १ गते ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो। उनको स्वास्थ्य अवस्था जटिल बनेपछि धुलिखेल अस्पताल ल्याइएको थियो।

मृतक महिलालाई कोरोना पुष्टि भइसकेपछि उनको उपचारमा संलग्न १० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको प्रवक्ता ताम्राकारले जानकारी दिए।

मृतकको हिजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित: May 17, 2020| 13:15 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।