आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको तथाकथित देशभक्तिको औचित्य छैन : गिरि

प्रधानमन्त्रीको तथाकथित देशभक्तिको औचित्य छैन : गिरि

'यो सरकार अकर्मण्य छ। प्रधानमन्त्रीको तथाकथित देशभक्तिको औचित्य छैन। उहाँले वचन दिएअनुसार प्रचण्डसँग हात मिलाएर जनसेना बनाई भारत र चीनसँग प्रतिस्पर्धा गर्न बेर छैन।'
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- कांग्रेस नेता प्रदीप गिरिले प्रधानमन्त्रीको केपी शर्मा ओलीको तथाकथित देशभक्तिको औचित्य नरहेको बताएका छन्।

नेता गिरिले आइतबार संसद् बैठकमा सम्बोधन गर्दै भने, 'यो सरकार अकर्मण्य छ। प्रधानमन्त्रीको तथाकथित देशभक्तिको औचित्य छैन। उहाँले वचन दिएअनुसार प्रचण्डसँग हात मिलाएर जनसेना बनाई भारत र चीनसँग प्रतिस्पर्धा गर्न बेर छैन।'

उनले समाजवादको मर्म कुनै ठेली पढ्नु नभएर आमजनतालाई माया गर्नु रहेको बताए। नेता गिरिले कोरोना भाइरसको जोखिमबाट आक्रान्त नेपाली जनतालाई परस्पर सहानुभूति र माया चाहिएकोमा सरकारले त्यति व्यवहार गर्न पनि नसकेको टिप्पणी गरे।

नेपाली समाज कोरोना भाइरसबाट भन्दा भ्रष्टाचारबाट आक्रान्त भएको उनको भनाइ थियो। उनले नेकपाका नेताहरुलाई गाउँगाउँमा गएर गाउँको अवस्था बुझ्न आग्रह गरे।

जनताप्रति संवेदनशील नहुने हो भने सरकारमा बसिरहनुको औचित्य नरहेको उनको भनाइ छ। उनले भने, 'सरकारले समस्या समाधान गर्न सक्दैन भने बस्ने औचित्य छैन। झुटो ललिपप दिने होइन।'

नेता गिरिले कविताको भाषाबाट विदेशमा श्रम गरिरहेका नेपालीलाई बोलाउन प्रधानमन्त्रीलाई सुझाव दिए। उनले जसको पैसाले हामी बाँचेका छौं उनीहरुलाई सरकारले माया गर्न नसकेको बताए।

गिरिले भने, 'उनीहरु चाहेर त्यहाँ गएका होइनन्। उनीहरुलाई कविताको भाषामा बोलाउनुहोस्। आफ्नो मुलुकको भारी बोक्न छाडेर स्वदेशको भारी बोक्न आउनुस् भनेर बोलाउनुपर्छ।' 

उनको अर्को प्रसंगमा राष्ट्रपति पनि सबै नेपालीको हुनुपर्ने बताए। कोरोना भाइरसका सन्दर्भमा बेलायती महारानीको उदाहारण दिँदै गिरिले भने, 'तर हाम्रा राष्ट्रपतिमा त्यस्तो ध्वनि नै छैन।' 

प्रकाशित: May 17, 2020| 16:45 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।