आइतबार, भदौ ७, २०८३

नरैनापुरमा तनाव, युवकको शव क्वारेन्टिनमै

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित क्वारेन्टिनमा एक युवकको मृत्यु भएपछि गाउँपालिकाको व्वस्थापन र प्रभावकारी तयारी नभएको भन्दै तनाव उत्पन्न भएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित क्वारेन्टिनमा एक युवकको मृत्यु भएपछि गाउँपालिकाको व्वस्थापन र प्रभावकारी तयारी नभएको भन्दै तनाव उत्पन्न भएको छ।

गत साता बुधबार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा शनिबार मृत्यु भएको थियो।

त्यहाँ खटिएका स्वास्थ्यकर्मी अहेब दिनेश मौर्य र मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम बुढा दुवै जना क्वारेन्टाइन क्षेत्रमा थिएनन्। बिहान पुगेका उनीहरुलाई क्वारेन्टाइनमा बसेका युवाहरुले भित्र पस्न दिएनन् ।

हिजो शनिबार स्वाब संकलन भएकोले उक्त रिपोर्ट आएपछि मात्र थप के गर्ने भन्ने बारे प्रष्ट हुने नरैनापुर स्वास्थ्य चौकीका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।

आफ्नो साथीको शव त्यत्तिकै रहेको अवस्थामा आफूहरु केही नखाने र घर पठाउनुपर्ने माग क्वारेन्टाइनमा बस्ने युवाहरुले अघि सारेका छन् । शव अहिले पनि क्वारेन्टाइनमै राखिएको छ।

 

 

प्रकाशित: May 17, 2020| 14:48 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।