आइतबार, भदौ ७, २०८३

घन प्रहार गरी साथीको हत्या, गाडेको अवस्थामा शव फेला

कास्कीमा एक युवकको आफ्नै साथीले हत्या गरेर गाडेको अवस्थामा एक महिनापछि शव फेलापरेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

पोखरा- कास्कीमा एक युवकको आफ्नै साथीले हत्या गरेर गाडेको अवस्थामा एक महिनापछि शव फेलापरेको छ।

हत्यामा संलग्न चार जनालाई प्रहरी पक्राउ गरेको छ। कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखरा महानगरपालिका-१४ समिनतारा सुकुम्बासी बस्तीमा बस्ने २२ वर्षीय बिमल रानाभाटको शव फेला परेको छ।

रानाभाटलाई घनले प्रहार गरी हत्या गरेर आफ्नै घर पछाडि बारीमा गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको हो।

हत्याको आरोपमा प्रहरीले २१ वर्षीय ज्ञान बहादुर परियार, १८ वर्षीय किशोर र बाग्लुङ घर भएका १९ वर्षीय सागर परियारलाई पक्राउ गरेको जनाएको छ।

उनीहरुकै बयानका अधारमा रानाभाटको शव फेला परेको प्रहरीले जनाएको छ।

‘पूर्व तयारी गरेर नै उनको हत्या गरेको देखिन्छ’ कार्कीले भने, ‘पहिले खाल्डो खनेर पछि हत्या गरेको खुलेको छ।’ ज्ञानबहादुर विवाहित हुन भने बिमल अविवाहित हुन्।

ज्ञानबहादुरले बिमलमाथि आफ्नो पत्नीसँगको अवैध सम्बन्धको आशंकामा हत्या गरेको खुलेको कार्कीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित: May 17, 2020| 14:34 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।