आइतबार, भदौ ७, २०८३

बाँकेका युवकको मृत्यु पनि कोरोनाबाटै भएको पुष्टि

 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा मृत्यु भएका युवकमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतबाट आई क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको एक्कासि बान्ता भई मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

हिजोमात्रै सिन्धुपाल्चोककी एक महिलाको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि भएको थियो।

प्रकाशित: May 17, 2020| 16:36 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।