आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोराना संक्रमणपछि बर्दिबासस्थित नेपाली सेनाकाे ब्यारेक सिल

कोराना संक्रमणपछि बर्दिबासस्थित नेपाली सेनाकाे ब्यारेक सिल

महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाको ब्यारेक ‘सिल’ गरिएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं– महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाको ब्यारेक ‘सिल’ गरिएको छ। पृतनापति उपरथी र सेनाकै चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि ब्यारेक सिल गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

पृतनामा रहेका सबै सैनिक कर्मचारीको नमुना परीक्षणको रिपोर्ट नआउन्जेल सबैलाई हिँडडुल गर्न रोक लगाइएको छ।
करिब दुई हजार सैनिक कर्मचारी रहेको ब्यारेकमा पृतनापति र चिकित्सकलाई नै कोरोना संक्रमण भेटिएपछि ब्यारेकभित्रका सबै सैनिक त्रसित छन्। 

मध्यपूर्वी पृतनाका प्रमुख उपरथी र स्वाब संकलनमा खटिने चिकित्सकलाई नै संक्रमण देखिएको हो। उनीहरू दुवैजनालाई काठमाडौं ल्याएर सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित पत्ररकार सम्मेलनमा महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएको थियो। ५२ वर्षीय मध्यपूर्वी पृतनाका पृतनापति हुन्। भने २६ वर्षीय नेपाली सेनाका चिकित्सक हुन्।

अहिले त्यहाँ पृतनापति र चिकित्सकसँग सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण थालिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए। उनले भने, ‘पहिलो चरणमा २० जनाको पीसीआर परीक्षण गरिने र त्यही रिपोर्टका आधारमा कन्ट्याक ट्रेसिङ गरिनेछ।’

स्वाब संकलन गर्न जाने सेनाका चिकित्सक नै कोरोना संक्रमण भएका कारण सिंगो प्रदेश उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ छ।

साथै संक्रमित पृतनापति पनि वीरगन्जदेखि जनकपुरसम्म आउजाउ गरेका कारण जोखिम बढेको छ। ब्यारेकभित्र रहेका सेनालाई पनि सामाजिक दूरी कायम गर्न भनिएको उनले बताए।

प्रकाशित: May 17, 2020| 13:48 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।