आइतबार, भदौ ७, २०८३

सेनाका पृतनापति पुगेको गणमा पनि आरडीटीको तयारी

कोरोना भाइरस संक्रमति नेपाली सेनाको मध्यपूर्वी पृतनापति पुगेको दोलखामा पनि आरडीटीको तयारी थालिएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमति नेपाली सेनाको मध्यपूर्वी पृतनापति पुगेको दोलखामा पनि आरडीटीको तयारी थालिएको छ।

सदरमुकाम चरिकोटस्थित तारादल गणले दुई साताअघि आयोजना गरेको कोरोना भाइरसबाट मृत्यु भएमा उद्धारदेखि दाहसंस्कारसम्म गरिने प्रक्रियाको अभ्यासको निरीक्षण गर्न पृतनापति त्यहाँ पुगेका थिए।

उनको सम्पर्कमा आएकाहरुको आरडीटीको तयारी थालिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। ‘अहिले २ बजे सेनाको कर्नेलसहितको बैठक बस्दै छ। त्यसपछि क–कसको आरडीटी गर्ने भन्ने यकिन हुन्छ’, शर्माले भने।

तारादल गणले अभ्यास कार्यमा सीमित मात्रलाई अतिथि बनाएको प्रमुख जिल्ला अधिकाी शर्माले बताए। अभ्यास कार्यको निरीक्षण गर्न दोलखा पुगेका पृतनापति दुई दिनसम्म त्यहाँ बसेको खुलेको छ।

अभ्यास कार्यमा संलग्न सैनिकका साथै निरीक्षणमा पुगेका प्रशासक, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी सबैको आरडीटी गर्नुपर्ने अवस्था आएको शर्माले जानकारी दिए। अभ्यास कार्यमा एक सयभन्दा बढीको उपस्थिति थियो।

 

प्रकाशित: May 17, 2020| 13:06 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।