आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धुलिखेलमा समातिएका ५० भारतीय सिन्धुपाल्चोक फर्काइए

धुलिखेलमा समातिएका ५० भारतीय सिन्धुपाल्चोक फर्काइए

भ्यानमा  धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काभ्रे- कन्टेनर भ्यानमा धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो।

सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर उतै फकाईएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बताए।

उनका अनुसार ती भारतीय नागरिकलाई धुलिखेलस्थित खेलमैदानमा राखेर सावधानीपूर्वक खाना खुवाएर दुई गाडीमा सिन्धुपाल्चोकतर्फ नै फर्काइएको हो।

भारतीय नागरिक धुलिखेल आइपुगेको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइ सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरी सबैलाई उतै फकाईएको प्रजिअ तिमल्सिनाले बताए। ती भारतीय नागरिक विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन्। 

सिन्धुपाल्चोक प्रशासनसँगको समन्वयमा विद्युत् प्रसारण लाइनका ठकेदार कम्पनीले नै ती मजदुरलाई सुरक्षितसाथ राख्ने सहमति भएअनुसार मजदुरलाई सिन्धुपाल्चोकनै फर्काइएको हो। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित जल्केनीमा तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा खटेका उनीहरु बा३ख २५४६ नम्बरको कन्टेनर भ्यानमा चढेर धुलिखेल आएका थिए।
बिहान करिब आठ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गास्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो। -रासस

प्रकाशित: May 17, 2020| 15:23 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।