आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोबाइल तेर्स्याएर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने पक्राउ

मोबाइल तेर्स्याएर स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने पक्राउ

वागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- वागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन्।

उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा स्वयंसेवीका रुपमा आएका चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढेको बताए।

कार्कीले कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो प्रहरीकै अगाडि डा. कार्कीको गाडी खानतलासी गरेका थिए।

जसको चौतर्फी विरोध भैरहेको छ। डा. कार्कीमाथि अभद्र व्यवहार गर्नेलाई पक्राउ गर्न स्वास्थकर्मीका बिभिन्न संघ संगठनहरुले पनि माग गरेका छन्।

प्रकाशित: May 17, 2020| 14:03 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।