आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजीवको पहलमा कर्णालीमा एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

राजीवको पहलमा कर्णालीमा एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

पूर्व सांसद राजीव विक्रम शाहले कर्णाली प्रादेशिक अस्पताललाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- पूर्व सांसद राजीव विक्रम शाहले कर्णाली प्रादेशिक अस्पताललाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्।

कोरोना भाइरसको महामारीका कारण अस्पतालहरुमा स्वास्थ्य सामग्री अपुग भइरहेका बेला राजीवले प्रदेश अस्पताल, जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सबै जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्।

अमेरिकामा रहेकी स्वर्गीय प्रभाकर शमशेर राणाकी छोरी मायाको सहयोगमा राजीवले एक करोड बराबरको सामग्री उपलब्ध गराएको बताए।

जसमध्ये कर्णाली प्रदेश अस्पताललाई ७० लाख तथा १० वटै जिल्ला अस्पताललाई ३० लाख बराबरको सामग्री दिइएको छ।

राजीवले आफूले स्थापना गरेको कुमारी ट्रष्ट मार्फत् मायाको सहयोग र केही आफ्नो सहयोगमा सुर्खेतस्थित प्रदेश अस्पताललाई भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी दिए।

अमेरिकामा बस्ने मायाले आफ्ना बुवाको स्मरणमा नेपालमा केही सहयोग गर्न चाहेको भन्दै सल्लाह मागेपछि राजीवले कर्णाली प्रदेशका अस्पतालहरुमा सहयोग गर्न सुझाएका थिए।

अन्य प्रदेश भन्दा कर्णाली प्रदेशका अस्पतालको अवस्था नाजुक रहेको र भेन्टिलेटर लगायतका सामग्री बाँड्दा दीर्घकालीन हुने भएकाले त्यसैअनुसार सामग्री खरिद गरी पठाइएको राजीवले बताए।

जाजरकोटबाट गत संविधानसभा निर्वाचनमा विजयी भएका राजीव प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन कम्युनिष्ट गठबन्धनका उम्मेवार नेकपा नेता एवम् पूर्व गृहमन्त्री शक्ति बस्नेतसँग पराजित भएका थिए।

राजीवले आफ्नो व्यक्तिगत पहलमा जाजरकोटमा एउटा अस्पताल निर्माण गरेका छन्। अस्पताल निर्माणको काम सम्पन्न हुने क्रममा रहेको र केही समयमा सञ्चालनको तयारीमा रहेको उनले बताए।

राजीवले आफैले स्थापना गरेको कुमारी ट्रष्टमार्फत् विभिन्न सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएका छन्।

अहिलेसम्म आफूले कुनै पनि अन्तर्राष्ट्रिय दातृ निकायबाट ट्रष्टका लागि सहयोग नलिएको तर यसपटक नेपालकै चेलीले सहयोग गर्न चाहेपछि ट्रष्टमार्फत् सहयोग गरिएको उनले बताए।

राजीवले जाजरकोटका सबैजसो स्वास्थ्य समस्यामा व्यक्तिगत रुपमै सहयोग गर्ने गरेका छन्। झाडा पखालाको महामारी चल्दा गाउँगाउँ पुगेरै औषधि वितरण गरेका उनले सुत्केरी समस्याहरुमा व्यक्तिगत रुपमै हेलिकोप्टर चार्टर गरेर उद्धार गर्ने गरेका छन्।

प्रकाशित: May 17, 2020| 16:10 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।