आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद 'अपहरण' प्रकरण : प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझायो

सांसद 'अपहरण' प्रकरण : प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझायो

जनता समाजवादी पार्टी (जसपा) का सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी अनुसन्धान प्रहरीले सकेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

जनता समाजवादी पार्टी (जसपा) का सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी अनुसन्धान प्रहरीले सकेको छ।

काठमाडौं प्रहरी परिसर टेकुको टोलीले सांसद यादवको गृहजिल्ला महोत्तरीसम्म पुगेर अनुसन्धान गरेको थियो। उक्त अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको बताएको छ।

सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले अपहरण गरेको आरोप छ।

प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरुले मानव अधिकार आयोगमा निवेदन दिएका थिए। त्यसपछि सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गरेर प्रहरीमा पठाएको थियो।

त्यसलगतै प्रहरीले अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो। यसअघि सांसद यादवले नेपाल समयसँग कुराकानी गर्दै जोहरी फिर्ता लिन सरकारी वकिलको कार्यालयबाट दबाब दिइएको बताएका थिए।

साढे सात घण्टासम्म सरकारी वकिलको कार्यालयमा यातना पाएको उनले बताएका थिए।

अहिले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पुगेको छ। सरकारी वकिलको कार्यालयले मुद्दा अगाडि बढाउने वा तामेलीमा राख्ने भन्ने निर्णय गरेपछि प्रक्रिया अगाडि बढ्नेछ।

प्रकाशित: May 17, 2020| 15:10 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।