बिहीबार, भदौ ४, २०८३

अब उत्कृष्ट चालक र सहचालकलाई पुरस्कार दिइने

 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं- चन्द्रागिरि यातायात प्रालिले सडक दुर्घटना नगराउने उत्कृष्ट चालक तथा सहचालकलाई पुरस्कार दिने भएको छ ।

प्रालिले साेमबार काठमाडौंमा चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा ट्राफिक नियम पालना गर्ने चालक र सहचालकलाई पुरस्कार दिने घोषणा गरेको हो ।

सो प्रालिका अध्यक्ष गौतम श्रेष्ठले यात्रुलाई राम्रो सेवा प्रदान गर्ने चालक तथा सहचालकलाई प्रत्येक महिना रु तीन हजारका दरले पुरस्कार दिने घोषणा गरे ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सार्वजनिक सवारीसाधनलाई मर्यादित र सुरक्षित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उनले मादक पदार्थ सेवन, लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा चलाएको बताउँदै सजक र संयम भएर सवारी चलाउन आग्रहसमेत गरे ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले चालक र सहचालकलाई पुरस्कार दिँदा उनीहरुमा हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चन्द्रागिरि यातायात हाल चन्द्रागिरिबाट रत्नापार्क चल्दै आएको छ । रासस

प्रकाशित: Mar 10, 2020| 02:37 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।