आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिजुक्छे भन्छन्- अब लिपुलेकमा भारतीय सेनाको ट्यांक गुड्न सक्छ

बिजुक्छे भन्छन्- अब लिपुलेकमा भारतीय सेनाको ट्यांक गुड्न सक्छ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले सैन्य रणनीतिअन्तर्गत  नेपाली भूमि कब्जामा लिएर लिपुलेकमा सडक बनाएको बताएका छन्।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले सैन्य रणनीतिअन्तर्गत  नेपाली भूमि कब्जामा लिएर लिपुलेकमा सडक बनाएको बताएका छन्।

उनले तीर्थयात्रीका लागि भनिए पनि त्यहाँ अब सैन्य ट्यांक गुड्न सक्ने बताएका हुन्।

नेमकिपा समर्थित पत्रकार समाज नेपालले आइतबार आयोजना गरेको अनलाइन छलफलमा अध्यक्ष बिजुक्छेले भने, 'भारतले नेपाली भूमि कब्जा गरेर तीर्थयात्रुका लागि मात्रै बाटो बनाएको होइन। आवश्यक परे उक्त बाटोमा सैनिक ट्यांक पनि गुड्न सक्छ।’

भारतीय सेना प्रमुखको अभिव्यक्तिले पनि उक्त सडक सैनिक उद्देश्यले बनाएको उनको भनाइ थियो।

उनल अब नेपाल साम्राज्यवादी युद्धको आधारभूमि बन्न सक्ने खतरा रहेको संकेत गरे। उनले भने, 'साम्राज्यवादी संयुक्त राज्य अमेरिकाको सहयोगमा भारतीय शासक वर्गले दक्षिण एसियामा आफ्नो आक्रामक नीति लागू गर्न खोजेको प्रस्ट भएको छ।'

नेपाली भूमि प्रयोग गरी चीनमाथि साम्राज्यवादी हमला हुन सक्ने उनको आशंका छ।

नेमकिपाका सचिव प्रेम सुवालले भारतले नेपाली भूमि अतिक्रमणविरुद्ध सरकार अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने बताए।  आफू प्रधानमन्त्री हुँदा भारतीय हस्तक्षेपबारे केही नगरेका पूर्वप्रधानमन्त्रीहरुले अहिले भारतीय हस्तक्षेपको विरोध गर्नुको तुक नभएको उनको भनाइ थियो।

पत्रकार भैरव रिसालले सरकार प्रमुखले सीमा अतिक्रमणबारे बोल्ने अन्तर्राष्ट्रिय मञ्चमा बोल्नसक्नुपर्ने बताए।

नेपाल–भारत सम्बन्धमा मौन र भद्र कूटनीतिले काम नगरेको भन्दै उनले अब धर्ना बसेर हुन्छ कि ह्यान्ड ब्रेक कूटनीतिक प्रयोग गरेर हुन्छ नेपाली भूमि फिर्ता गरेरै छाड्नुपर्नेमा जोड दिए ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा निकालेर विद्यालय, कार्यालय र घरघरमा पुर्‍याउन ढिलो भइसकेको बताए।

सिमाना अध्येता रतन भण्डारीले सम्पूर्ण सीमा अतिक्रमणविरुद्ध आवाज उठाउने बेला आएको भनाइ राखे।

प्रकाशित: May 17, 2020| 14:17 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।