आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्कीमाथि दुर्व्यवहार निन्दनीय : सामाजिक विकास मन्त्रालय

कार्कीमाथि दुर्व्यवहार निन्दनीय : सामाजिक विकास मन्त्रालय

वागमती प्रदेश मातहतको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीमाथि भएको दुर्व्यवहारकाे घटनाप्रति सामाजिक विकास मन्त्रालयले खेद प्रकट गरेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौं- वागमती प्रदेश मातहतको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीमाथि भएको दुर्व्यवहारकाे घटनाप्रति सामाजिक विकास मन्त्रालयले खेद प्रकट गरेको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भनेको छ, 'काठमाडौंको नागढुंगा नाकामा केही सुरक्षा निकायको उपस्थितिमा लकडाउनको परिपालना नगी केही मानिसहरुको झुन्डले कार्कीको गाडी राकेर खानतलासी गरी अभद्र व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ।'

मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। मन्त्रालयले यस्ता घटनाबाट विचलित नभई आफ्नो कार्यस्थलमा निष्ठापूर्वक खटिरहन पनि सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा अपिल गरेको छ।

प्रकाशित: May 17, 2020| 14:47 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।