पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल पत्रकार महासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महानगरीय प्रहरी परिसर जावलाखेलको हाताभित्र नवर्निमित ब्यारेक भवनको आज उदघाट्न गरेका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा सो भवन निर्माण भएको हो ।
नेपालको संविधानमा नागरिकतासम्बन्धी व्यवस्था त्यसअघिका संविधानको भन्दा प्रगतिशील भए पनि पूर्ण रूपमा समानतामा आधारित हुन नसकेको ठहर नागरिक समाजले गरेको छ।
पार्टीभित्र घेराबन्दीमा परेपछि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानैदेखि आफूनिकटका नेताहरूसँग परामर्श गरेर स्थायी समिति बैठकमा सहभागी हुने भएका छन्।
थपिएका संक्रमितहरु नवलपरासी पूर्वका १२, स्याङ्जाका ८, वाग्लुङका ३, गोरखाका ३, तनहुँका १ र कास्कीका १ जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।