मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद छन्त्यालको निधनमा कांग्रेसको शोक प्रस्ताव, केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित

सांसद छन्त्यालको निधनमा कांग्रेसको शोक प्रस्ताव, केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित

प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको  निधनमा कांग्रेस केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गरेको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं- प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालको  निधनमा कांग्रेस केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गरेको छ।

छन्त्यालको निधनबाट पार्टीले एक निष्ठावान एवं कुशल महिला नेतृलाई गुमाएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

बैठक २१ गते दिउँसो २ बजे बस्ने मुख्य सचिव पौडेलले बताए।

छन्त्यालप्रति सम्मान प्रकट गर्दै २०७७ असार १८ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्नुका साथै केन्द्रीय कार्यालयमा पार्टीको झन्डा आधा झुकाइने कांग्रेसले जनाएको छ।

सांसद छन्त्यालको बुधबार बिहान बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो।
२०१४ सालमा बाग्लुङमा जन्मिएकी ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ्ग निवासी छन्त्याल २०७० मा बागलुङ निर्वाचन क्षेत्र नं. बाट संविधान सभा सदस्य पदमा निर्वाचित र २०७४ मा समानुपातिक प्रणालीअन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधिसभा सदस्य भएकी थिइन्।

२०४६ सालबाट नेपाली कांग्रेस पार्टीमा आबद्ध भई राजनीतिक यात्रा थालेकी छन्त्यालले नेपाल महिला संघ जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसमितिको सल्लाहकार, महासमिति सदस्य जस्ता पार्टीको विभिन्न पदमा रहेर पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ।

पार्टीले छन्त्यालप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। यस्तै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित: Jul 01, 2020| 14:52 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।