मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसद छन्त्यालको शोक प्रस्ताव पारित

प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसद छन्त्यालको शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

प्रतिनिधिसभाको आजको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिधिनिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो । सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन्।

छन्त्यालको बाँसबारीस्थित शहिद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

राष्ट्रियसभाको पनि आजको बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

प्रकाशित: Jul 01, 2020| 14:38 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।