मंगलबार, भदौ ९, २०८३

प्रहरी परिसर जावलाखेलमा नयाँ ब्यारेक भवन

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महानगरीय प्रहरी परिसर जावलाखेलको हाताभित्र नवर्निमित ब्यारेक भवनको आज उदघाट्न गरेका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा सो भवन निर्माण भएको हो ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले महानगरीय प्रहरी परिसर जावलाखेलको हाताभित्र नवर्निमित ब्यारेक भवनको आज उदघाट्न गरेका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा सो भवन निर्माण भएको हो ।

सो अवसरमा महानिरीक्षक ज्ञवालीले पीडा, अन्याय र अत्याचारमा परेका नागरिकको सहयोगको लागि प्रहरी सधै साथमा रहेको बताए। प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दैनिक १२ घण्टा माथि काम मा व्यस्त हुने कतिपय प्रहरी कार्यालय भवनमा अझसम्म पनि खाने, बस्ने र शौच गर्ने राम्रो व्यवस्था नभएको बताए।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायणप्रसाद भट्टले सो भवन निर्माण पश्चात् प्रहरीको काममा सहज हुने बताए।

प्रहरी निरीक्षक इञ्जिनीयर रोशन सारुले उक्त भवन निर्माणका लागि पहिलो चरणमा रु तीन करोड ८४ लाख २० हजार र दोस्रो चरणमा रु चार करोड ४९ लाख ११ हजार ४२४ गरी कूल आठ करोड ३९ लाख १० हजार ३०९ खर्च भएको बताए।

प्रकाशित: Jul 01, 2020| 16:25 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।