काठमाडौं- शनिबार नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौमै देखिए पनि यसको प्रभाव कम हुने विज्ञहरुले दाबी गरेका छन् ।
अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको थियो ।
सलह वर्षा भएपछि मर्ने भएकाले आतिनु नपर्ने वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीले बताए । उनका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन । यसैले अतिनु पर्दैन् ।
नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।
